पन्ध्रौँ आवधिक योजना कहिले स्वीकृत गरिएको हो ?
 विक्रम संवत् २०७६ फागुन १९ ।
२. पन्ध्राँै आवधिक योजनामा कतिवटा रूपान्तरणकारी आयोजना समेटिएको छ ?
 १८ ।
— रूपान्तरणकारी आयोजनाको कुल अनुमानित लागत २५ खर्ब रुपियाँ रहेको ।
— आवधिक योजनामा १ सय १७ वटा प्रमुख र नौवटा पीपीपी योजना पनि सूचीकृत गरिएको ।
— राष्ट्रिय गौरवका आयोजनालाई पनि प्राथमिकताका साथ अघि बढाइने आयोगले जनाएको ।
— रूपान्तरणकारी आयोजना र तिनको कुल लागत
— प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना – एक खर्ब ३० अर्ब
— सुनकोसी मारिन डाइभर्सन बहुउद्देश्यीय आयोजना – ४६.१९ अर्ब
— समृद्धिका लागि वन कार्यक्रम – ५.८ अर्ब
— जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन – ३.६ अर्ब
— औद्योगिक पूर्वाधार विकास आयोजना – दुई खर्ब ५६ अर्ब
— स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना – एक खर्ब ३५ अर्ब
— सार्वजानिक विद्यालय सबलीकरण आयोजना – ८६ अर्ब
— प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम आयोजना –५१.२५ अर्ब
— राष्ट्रपति महिला सशक्तीकरण परियोजना – २१.१८ अर्ब
— माथिल्लो अरूण जलविद्युत् आयोजना – एक खर्ब ५५ अर्ब
— राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना – दुई खर्ब
— पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना – दुई खर्ब २५ अर्ब
— गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक आयोजना –२०.५ अर्ब
३. सातौँ टी–२० महिला क्रिकेटको आयोजक राष्ट्र कुन हो ?
 अस्ट्रेलिया ।
— सञ्चालन मिति ः सन् २०२० फेब्रुअरी २१–मार्च ८
— प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको ।
— अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटको सुरुवात सन् २००९ मा बेलायतबाट भएको ।
४. राष्ट्रिय परिचयपत्र पाउनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
 १६ वर्ष ।
५. नेपालको इतिहासमा छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
 सिद्धिनरसिंह मल्ल ।
६. मलेसियाको प्रधानमन्त्रीमा को नियुक्त हुनुभएको छ ?
 मोहिइद्दिन यासिन ।
(उहाँले सन् २०२० मार्च १ मा पद तथा गोपनीयताको सपथ लिनुभएको ।)
७. इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन कहिले भएको हो ?
 सन् २०२० फेब्रुअरी २५ ।
८. अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?
 सन् २०२० फेब्रुअरी ।
— अफगानिस्तान प्रवेश गरेको १८ वर्षपछि अमेरिकाले तालिवानसँग शान्ति सम्झौता गरेको ।
— सम्झौता कार्यान्वयन भएमा अबको १४ महिनापछि अमेरिकी तथा उसको सैन्य गठबन्धनका सुरक्षा फौज एवम् गैरसैनिक व्यक्तिहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् ।
— अफगानिस्तान सरकार, सरोकारवाला र तालिवान समूहबीच मार्च १० मा वार्ताका लागि मिति तय गरिएको ।
— तालिवानले अफगान भूमिमा अमेरिकाको सुरक्षाविपरीत गतिविधिमा पूर्ण रोक लगाउने तथा अमेरिकाले तालिवानविरुद्ध लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको ।
— कतारको दोहामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित अन्य ३० भन्दा बढी देशका कूटनीतिक प्रतिनिधिको रोहबरमा भएको शान्ति सम्झौतामा अमेरिकाका तर्फबाट विशेष दूत जालमे खालिलजाद र तालिवानका तर्फबाट राजनीतिक उपप्रमुख अब्दुल घानी बरदारद्वारा हस्ताक्षर गरिएको ।
९. विश्व इतिहासमा ‘म्यान अफ ब्लड एन्ड आइरन भनी कसलाई चिनिन्छ ?
 विस्मार्क ।
१०. विद्युत् धाराको आधारभूत एकाइ एम्पियर (ए) हो भने तापक्रमको आधारभूत एकाइ के हो ?
 केल्भिन (के) ।
११. प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुई माध्यम छुट्टिने बिन्दुबाट बाङ्गिएर जाने क्रियालाई के भनिन्छ ?
 प्रकाशको आवर्तन ।
१२. ‘कुशल शासकहरू भविष्यको सोचाइ गर्छन् तर नेताहरूलाई चुनावको मात्र चिन्ता हुन्छ’ भन्ने विचारक को हुन् ?
 अब्राहम लिङ्कन ।
१३. सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई कहिले–कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरियो ?
 क्रमशः सन् १९७९ र सन् १९८४ ।
१४. नेपालमा निःशुल्क प्रसूति सेवा कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 विसं २०६५ माघ १ ।
१५. नेपालको पहिलो दूतावास कहाँ खोलिएको थियो ?
 बेलायत ।
१६. नेपाल कति डिग्री अक्षांश र देशान्तरबीच अवस्थित छ ?
 २६ डिग्री र २२ उत्तरी अक्षांशदेखि ३० डिग्री २७ उत्तरी अक्षांश र ८० डिग्री ४ पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ पूर्वी देशान्तरबीच ।
१७. इन्द्रसरोवर कहाँ पर्छ ?
 मकवानपुर ।
– मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित सात किलोमिटर लामो जलाशयलाई नै इन्द्रसरोवर भनिन्छ ।
– युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा ‘इन्द्रसरोवर’ नामकरण गरिएको ।
– यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बनेको छ ।
१८. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सू

Comments

Post a Comment

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था