वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था
वनसम्पदा भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस ।
नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वनसम्पदाको महत्व कति छ भने कुरा नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ । सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ । वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ ।
२. नेपालका वनसम्पदा को अवस्था बारेमा लेख्नुहोस ।
वन मन्त्रालयले सार्वजनिक गरेको गरेको वि.स.२०५६ मंसिर ८ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा, नेपालको कुल क्षेत्रफलको ३०.६ प्रतिशत क्षेत्रफल ओगटेको बनसम्पदामा, वन २९% (४२ लाख ७० हजार हे.) र बुट्यान १०.६% १५ लाख ६० हजार हे.) रहेको छ । तीन बर्षीय अन्तरिम योजना अनुसार योजनाको अन्त्य सम्ममा १५ हजार सामुदायिक वन उपभोक्ताका समूहहरुले झण्डै १२ लाख ५५ हजार हेक्टर वनक्षेत्र व्यवस्थापन गर्दे १७ लाख घरधुरीलाई फाइदा पु¥याएका छन् । २० वटा संरक्षित क्षेत्र र स्थापना गरी २३% (करिब ३५ हजार वर्ग कि.मि.) संरक्षित क्षेत्र व्यवस्थापन गरिएको छ । तराईमा भू–परिधि कार्यक्रमवाट करिव १ लाख ६० हजार गरीविको रेखा मुनी रहेका परिवारहरु जिविकोपार्जन तथा आयआर्जन कार्यक्रमवाट लाभान्वित हुदै आएका छन् । वन सम्पदा संरक्षणको लागि सामुदायिक वन (१३ लाख ५० हजार ६ सय ५५ हे. जमिन) कवुलियती वन, २३ हजार ,५ सय ३४ हेक्टर जमिन) साझेदारी वन (२२ हजार ७ सय ३० हेक्टर जमिन वन संरक्षण गरिएको वन तथा भू– संरक्षण मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु तीन वर्र्षीय अन्तरिम योजनामा अद्यावधिक वन क्षेत्र ३९.६% लाई ४०% सम्म पु¥याउने लक्ष्य लिइएको । वनसंरक्षण सम्वन्धी विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघ संस्थाहरुले कार्यक्रमहरु संचालन गरिरहेका छन् । जैविक विविधताको संरक्षणको लागि जैविक विविधता राष्ट्रिय रणनिति कार्य योजना कार्यान्वयनमा ल्याएको छ । नेपालको करिव २.५% भु– भाग सीमसार क्षेत्रले ओगटेको छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम संचालन गर्न ५६ जिल्लाहरुमा २०२० वटा उपजलाधार क्षेत्रको पहिचान र प्राथमिकिकरण गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ ।राष्ट्रिय वन स्रोत सर्वेक्षण गरी तथ्याङ्ग अद्यावधिक गर्ने कार्य शुरु गरिएको छ ।

Comments
Post a Comment