सुशासन भनेको के हो ? सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ । स्वतन्त्र विश्वकोश “विकिपीडिया” का अनुसार राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ । सुशासनले राज्यका हरेक क्षेत्रमा दण्डहीनताको अन्त्य गर्दै कानुनी राज्यको वकालत, भ्रष्टाचारमा शुन्य सहनशीलता सहितको आर्थिक विकास, कानूनको पुर्णपालनाको सुनिश्चितता, जनमुखी एवं पारदर्शी सरकारको अपेक्षा गरेको हुन्छ । संयुक्त राष्ट्र संघका अनुसार सुशासनको मापन ८ वटा तत्वहरुद्वारा गरिन्छ : जनसहभागिता, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, सहमति उन्मुख, समता र समावेशिता, कुशलता र प्रभावकारिता, र उत्तरदायित्...
आर्थिक वृद्धि र आर्थिक विकास बीचको भिन्नता लेख्नुहोस् । आर्थिक वृद्धि र आर्थिक विकासबीचको फरकलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ : आर्थिक वृद्धि : १. एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धि आर्थिक वृद्धि हो । २. आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो । ३. यो विकासको साधन हो । ४. यो वृद्धि मोडलमा आधारित छ । ५.यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ । ६. उत्पादनको वृद्धिले आयको वितरण त हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन । ७. यसमा रोजगारी सिर्जना भए पनि पूर्ण रोजगारीको ग्यारेन्टी हुदैन । ८. आर्थिक वृद्धि उच्च हुँदैमा गरिबी न्यूनीकरण नहुन सक्छ । ९. यो समृद्ध तर्फको यात्रा हो । राष्ट्रको विकसित अवस्थाको शुरुवात हो । आर्थिक विकास : १. अर्थतन्त्रको समग्र सबै पक्षको विकास आर्थिक विकास हो । आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ । २. यो राष्ट्रको मूलभूत लक्ष्य हो । ३. यो विकासको साध्य हो । ४. यो विकासको मोडेलमा आधारित छ । वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् । ५. यसले ...
वनसम्पदा भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस । नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वनसम्पदाको महत्व कति छ भने कुरा नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ । सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ । वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ । २. नेपालका वनसम्पदा को अवस्था बारेमा लेख्नुहोस । वन मन्त्रालयले सार्वजनिक गरेको गरेको वि.स.२०५६ मंसिर ८ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा, नेपालको कुल क्षेत्रफलको ३०.६ प्रतिशत क्षेत्रफल ओगटेको बनसम्पदामा, व...
Comments
Post a Comment