गोरखापत्र दैनिकी बस्तुगत
. ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ?
– विक्रम संवत् २०७६ माघ २६
– विक्रम संवत् २०७६ माघ २६
२. एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुन् ?
– चन्द्रप्रसाद ढकाल
(एसियाली व्यवस्थापन सङ्घको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन सङ्घ (म्यान) द्वारा ढकाललाई सो अवार्डबाट सम्मानित गरिएको ।)

३. सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरेको हो ?
– आर्थिक वर्ष २०६८/०६९
– सरकारले आव २०६८/६९ मा विभिन्न १७ वटा, आव २०७०/७१ मा चार वटा र २०७५/७६ मा एउटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको । सोपश्चात् तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सनसहित २०७६ माघसम्ममा २४ आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषित भएका ।
– कार्यान्वयन अति नै सुस्त हुँदा राष्ट्रिय गौरवका आयोजनामध्ये २२ आयोजनाको कुल लागत नै तीन खर्ब बढेर १६ खर्बबाट १९ खर्ब २७ अर्ब ६६ करोड पुग्ने देखिएको ।

४. बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ?
– मार्च ३
(विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मार्च ३ मा यो दिवस मनाइँदै आइएको भए पनि नेपालमा भने यसै वर्षदेखि मनाउन लागिएको ।)

५. महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुन् ?
– डा. रमेशचन्द्र अधिकारी
– डा. रमेशचन्द्र अधिकारी
६. अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
– स्वीट्जरल्यान्ड
– सो सूचीमा दोस्रोदेखि पाँचौँ स्थानमा क्रमशः नर्वे, आइसल्यान्ड, जापान र डेनमार्क रहेका ।
– घरभाडा दर, किराना सामान, रेस्टुरेन्टमा खानपानको मूल्य, कपडा, ट्याक्सी भाडा, इन्टरनेटको मूल्यलगायतका कुरा समेटी तयार पारिएको सो सूचीमा सवैभन्दा सस्तो देशका रूपमा पाकिस्तान रहेको । पाकिस्तानपछि सस्तो बजार भाउ भएका देशमा अफगानिस्तान, भारत, सिरिया र उज्वेकिस्तान रहेका ।
– नेपाल सबैभन्दा महँगो देशको सूचीमा २९.०५ अङ्कका साथ १२२औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११औँ स्थानमा परेको ।
– १३२ देशका राजधानीमा आधारित भई प्रतिवेदन तयार पारिएको ।

७. हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ?
– ८९ प्रतिशत
(खानेपानी मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदनअनुसार सन् २०१० सम्म ८१ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेको जनाइएको । मन्त्रालयका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशतलाई उपलब्ध भएको ।)

८. पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरेको हो ?
– विसं २०७६ माघ २६
– कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको सुरुवात गर्न लागिएको । अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानव हितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्न सक्छ रोग, नमस्कार गरे हुन्छ मनको मनको योग’
– विविधप्रकारका सरुवा रोग समेतबाट जोगिन अङ्कमाल र हात मिलाउनेभन्दा अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानवहितकारी रहेको कोषले जनाएको ।
– विशेषगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणप्रति सजगताका लागि नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको ।

९. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
– विसं २०५३
– विसं २०५३
१०. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?
– कुशल मल्ल
(कुशलले विसं २०७६ माघ २५ मा अमेरिकाविरुद्धको खेलमा सर्वाधिक कम उमेर (१५ वर्ष ३४० दिन) मा सो रेकर्ड कायम गर्नुभएको । नेपालकै अर्का युवा खेलाडी रोहित पौडेलको कीर्तिमान कुशलले भङ्ग गरेका ।)

११. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
– धारा २४४
(संविधानको धारा २४४ मा यससम्बन्धी व्यवस्था गरिएको । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने । साथै सोही धाराको उपधारा ३ मा सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख ।)

१२. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
– गोपालप्रसाद रिमाल
– गोपालप्रसाद रिमाल
१३. गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
– भुटान
– भुटान
१४. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
– १६ वर्ष
– १६ वर्ष
१५. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
– धारा ३४
– धारा ३४
१६. ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
– विसं २०७३ असार २७
– विसं २०७३ असार २७
१७. मुलुकी देवानी (संहिता)) ऐन–२०७४ अनुसार श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ?
– पतिले सम्बन्धविच्छेद गर्न सक्ने
(मुलुकी देवानी (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरेको ।)

Ramro cha sir. Yestai provide garnu hola sir.
ReplyDeleteRamro cha sir. Yestai provide garnu hola.
ReplyDelete