नाशु विशेष समसामयिक

 ‘पुतली बाजे’लाई मानार्थ नेपाली नागरिकता
•••••••••••••••••••••••••••••••••••••••••••••••••
•पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने
•नेपाल सरकारको २०७६  कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको
•नागरिकता ऐन, २०६३ मा व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान भने उल्लेख छ।  स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेशाका लागि नेपाल आएका थिए। उनी ८३ वर्ष पुगिसकेका छन्।
•गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा उनी कार्यरत थिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए।
•नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् । यससँगै सम्मानार्थ नागरिकता पाउनेको संख्या ४ पुग्ने भएको छ।


९. मन्त्रिमण्डलको पुनर्गठन
•••••••••••••••••••••••••••••••••••••••••••••••••
•वि.स. २०७६ मंसिर ४ गते
•नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम
•२५ सदस्यीय (२१ मन्त्रि र ३ राज्यमन्त्रि)
•प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।
•यसअघि विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा  मन्त्रिपरिषद् गठन भएको थियो ।


१०. प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष नियुक्त
•••••••••••••••••••••••••••••••••••••••••••••••••
•सुरेशमान श्रेष्ठ (पुर्व सचिव)
•वि.स. २०७६ मंसिर २ गते शपथ ग्रहण गरेका
•कात्तिक २९ गते श्रेष्ठ प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका
•उनलाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले सोमबार पद तथा गोपनियताको शपथ गराएका

Comments

  1. Nasu bishesh...ajai..question leunu paryo...first n second paper..ko..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था