लोकतन्त्रमा राजनीतिक दलहरुको भुमिका

लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस् ।
 जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् । लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
– जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने,
– जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
– देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने,
– लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
– दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने,
– शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
– समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने ।
४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ?
 उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो । यो स्वदेशभित्र आन्तरिक उत्पादनमा लाग्छ । स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्ता वस्तुमा भन्सार कार्यालयमा अन्तःशुल्क लाग्छ । वस्तु र सेवा दुवैमा लाग्ने यो कर नेपालको परम्परागत राजस्व हो । नेपालको राजस्व प्रशासन खासगरी आयकर, मूल्य अभिवृद्धि कर र भन्सार आधुनिक राजस्व प्रशासनमा रूपान्तरण हुन थाले पनि अन्तःशुल्क प्रशासन पुरानै ढाँचामा सञ्चालित छ । अन्तःशुल्क प्रशासनका कार्यमा कम्प्युटर प्रणाली अवलम्बन गर्न नसकिएको, अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउन नसकिएको, सङ्गठन संरचनामा सुदृढीकरण गर्न नसकिएको अवस्था छ । त्यसैले अन्तःशुल्कमा सुधारका पक्ष यिनै हुन सक्छन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउने,
– अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
– आन्तरिक राजस्वको आधार फराकिलो बनाउन अन्तःशुल्कको प्रयोग गर्ने,
– भौतिक नियन्त्रण प्रणालीलाई स्वयम् निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
– अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्ने,
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएकाले घट्दो भन्सार राजस्वको स्थान पूर्ति गर्नसमेत यसको प्रयोग गर्नुपर्ने देखिन्छ । अतः यसको व्यवस्थित परिचालन आवश्यक छ । यसका लागि अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउँदै साङ्गठनिक प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ ।

Comments

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था