जैविक विविधता

जैविक विविधता भनेको के हो ? जैविक विविधता संरक्षणका उपायहरू लेख्नुहोस् । २+३= ५

पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता
जीवनत्व पाएका जीव तथा वनस्पतिको अनेकता र तिनीहरूको अन्तर्सम्बन्धको समष्टिगत स्वरूप नै जैविक विविधता हो । पृथ्वीमा मानिसलगायत विभिन्न पशुपक्षी, प्राणी तथा वनस्पतिहरू रहेका छन् र तिनीहरूबीचमा एक–आपसमा भिन्नता एवं विविधता रहेको छ । त्यसलाई समेत जैविक विविधता भनिन्छ ।
प्रतिएकाइ क्षेत्रफलमा रहेका, जीवाणु, वंशाणु, कीटपतंग, जीवजन्तु, प्राणी तथा वनस्पतिबीचको अन्तर्सम्बन्धलाई त्यस स्थानको जैविक विविधता भनिन्छ । यसको अवधारणा सन् १९८० को मध्यबाट विकसित भएको हो । पारस्परिक प्रणाली विविधता, प्रजाति विविधता र वंशानुगत विविधता गरी यो तीन प्रकारको हुन्छ । जैविक विविधताअन्तर्गत जीवहरूको
किसिम र तिनीहरूमा पाइने फरकपनलाई बुझिन्छ ।

जैविक विविधता संरक्षणका उपायहरू
- जैविक विविधता संरक्षणसम्बन्धी सुस्पष्ट नीतिको तर्जुमा र कार्यान्वयन गर्ने,
- यसको संरक्षणका लागि स्थानीय संघसंस्था, समुदायको सक्रिय सहभागिता बढाउने,
- विकासका गतिविधि सञ्चालन गर्दा वातावरण र विकासबीच तादात्म्य कायम गर्ने,
- व्यवस्थित सहरीकरणमा जोड दिने,
- वनजंगलको उचित संरक्षण र सम्वद्र्धन गर्ने,
- वन सम्पदाको अनधिकृत प्रयोग र ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न बन्द गर्ने,
- रासायनिक मल तथा कीटनाषक विषादीको प्रयोगमा कमी ल्याउने,
- बढ्दै गएको वातावरण प्रदूषणलाई नियन्त्रण गर्ने,
- बढ्दो जनसंख्या वृद्धि नियन्त्रण गर्ने,
- जैविक विविधता संरक्षणका लागि नागरिक चेतनाको विस्तार गर्ने,
- वृक्षारोपण तथा सामुदायिक वन विकासमा जोड दिने,
- धार्मिक एवं सांस्कृतिक परम्पराको उपयोग गर्ने (जस्तै : वर, पीपल, तुलसी, बेल आदि रोप्ने र
जगेर्ना गर्ने)

अन्त्यमा,
माथि उल्लेखित उपायहरू अवलम्बन गरेर जैविक विविधताको संरक्षण गर्न सक्ने देखिन्छ । यसबाट वातावरण संरक्षण र प्राकृतिक सन्तुलन भई जीव र वनस्पतिको अन्तर्सम्बन्ध कायम रहिरहन्छ ।

Comments

Post a Comment

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था