आ,व 2076/77 सालको बजेट सम्बन्धि सम्पूर्ण जानकारी

शाखा अधिकृत, ना. सु र खरिदार तयारी गर्नेले जान्नै पर्ने अति महत्वपूर्ण जानकारी मध्येको एक बजेट..!!
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖

आ.व २०७६/२०७७ को बजेट..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
⇨अर्थमन्त्रि युवराज खतिवडाले २०७६ जेठ १५ मा संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका,

बजेटको आकार..!!
▦▦▦▦▦▦▦▦▦▦
•कुल बजेट ⇨१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
•चालु तर्फ ⇨ ९ खर्ब ५७ अर्ब १० करोड १८ लाख(६२.४%)
•पुँजिगत तर्फ ⇨ ४ खर्ब ८ अर्ब ५९ लाख(२६.६%)
•वित्तिय व्यवस्था तर्फ ⇨ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख(११%)

स्रोत ब्यवस्थापन..!!
▦▦▦▦▦▦▦▦▦▦
•राजश्वबाट ⇨ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख
• वैदेशिक अनुदानबाट ⇨ ५७ अर्ब ९९ करोड ५५ लाख
• बैदेशिक सहायताबाट ⇨२ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख
•आन्तरिक ॠणबाट ⇨ १ खर्ब ९५ अर्ब

बजेटका मुख्य लक्ष्य .!!
▦▦▦▦▦▦▦▦▦
⇨आर्थिक बृद्धिदर ८.५% पुर्याउने ,
⇨मुद्रा स्फ्रिति ६% कायम राख्ने ,
⇨५ लाख रोजगारी सिर्जना गर्ने,

बजेटका मुख्य बुँदाहरू...!!
▦▦▦▦▦▦▦▦▦▦▦▦▦
⇨राष्ट्रसेवकको तलव १८%(रा.प.) २०%(रा.प.अन)ले बृद्धि,
⇨ सामाजिक सुरक्षा भत्ता मासिक १,००० ले बृद्धि,
⇨सुनकोशी मरिण आयोजनालाई राष्ट्रिय गौरबको आयोजनामा विकसित गरिने,
⇨ प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन,
⇨ स्थानीय तहमा प्राविधिक शिक्षाका लागि २६ करोड विनियोजन,
⇨विद्यालय समायोजन कार्यक्रमका लागि ४७ करोड विनियोजन ।
⇨आगामी आ.व सामाजिक रुपान्तरणको आधारशिलाको रुपमा शिक्षाका लागि सबै बालबालिकालाई प्राविसम्म अनिवार्य र माविसम्म निशुल्क शिक्षा प्रदान गरिने,
⇨ खेलकुद शिक्षाका लागि ५ अर्ब विनियोजन। ७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने,
⇨ ८३ हजार युवालाई सीप सिकाउन १ अर्ब ९२ करोड विनियोजन,
⇨दिवा खाजामा ५ अर्ब ९५ करोड विनियोजन, बालबालिकाका आमा मार्फत २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने,
⇨ विज्ञान तथा प्रविधि : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको लागि १ खर्ब १० करोड,
⇨हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने,
⇨ सबै जिल्लामा स्थास्थ्य बीमा गर्न ६ अर्ब बिनियोजन,
⇨देशभरका छात्रालाई निशु:ल्क प्याड वितरण गरिने,
⇨ ८ प्रकारका जटिल रोगकाे निशुल्क उपचारको अनुदानमा बृद्धि,
⇨ सबै स्थानीय तहमा न्यूनतम एक चिकिस्तक उपलब्ध हुने व्यवस्था गर्न ५ अर्ब विनियोजन,
⇨स्वास्थ्य केन्द्रमा सुत्केरी हुनेलाई बाटो खर्च दिन २ अर्ब २२ करोड बिनियोजन,
⇨राजविराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्न ४० करोड विनियोजन,
⇨ स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्न ५ अर्ब विनियोजन,
⇨बीर अस्पतालाई सुधार गर्न ४० करोड विनियोजन,
⇨विश्वविद्यालय अनुदान आयोगलाई अब १७ अर्ब ६४ करोड ,
⇨स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन,
⇨मेलम्ची खानेपानीका लागि ७ अर्ब ३९ करोड विनियोजन ।
⇨ शिक्षा क्षेत्रका लागि एक खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन,
⇨ खानेपानी र सरसफाई क्षेत्रमा ४३ अर्ब ४६ करोड बजेट विनियोजन,
⇨नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न ४३ अर्ब ४६ करोड विनियोजन,
⇨राेजगारी कार्यक्रमकाे लागि ५ अर्ब १ करोड,
⇨वैदेशिक राेजगारीकाे जानेकाे लागत राेजगारदाताबाटै उठाइने । श्रम र राेजगारीमा ७ अर्ब १४ करोड बजेट,
⇨१३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएकाे,
⇨७० वर्ष माथिका जनताकाे बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर,
⇨बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन । ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने,
⇨अपांगता भएका व्यक्तिका लागि राेजगारीकाे व्यवस्था मिलाइने र आगामी वर्ष युवा परिचालन वर्ष बनाईने,
⇨सामाजिक सुरक्षा योजनालाई फराकिलो बनाइने, ६४ अर्ब ५० करोड विनियोजन,
⇨बजेटले प्रदेश र स्थानीय तहलाई ४ खर्ब ६३ अर्ब अनुदान ।
⇨संघीय सरकारले प्रदेश सरकारलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब समानीकरण अनुदान दिनेछ,
⇨महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ७८ करोड विनियोजन,
⇨दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने,
⇨प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन,
⇨तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत,
⇨रासयनिक मल खरिदमा अनुदान ५० प्रतिशत वृद्धि गरि ९ अर्ब पुर्‍याइयो,
⇨ मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन,
⇨बादी महिलाको सशसक्तिकरणका लागि आवास विकासको कार्यक्रम सञ्चालन गर्ने,
⇨सुनकाेशी मरिनलाई राष्ट्रिय गौरवकाे रुपमा विकास गर्न २ अर्ब ५ करोड,
⇨तटबन्धन कामकाे लागि ५ अर्ब ६३ करोड विनियोजन,
⇨कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन,
⇨ तराईंमा सिंचाई कार्यक्रमकाे लागि ९६ करोड,
⇨सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजित,
⇨ मौसम तथा पूर्वानुमान महाशाखालाई थप प्रभावकारी बनाइने, थप राडार स्थापना गरिने। ५९ करोड विनियोजन,
⇨आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी वृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गर्ने,
⇨बन्यजन्तुलाई पाल्न नमूना अभ्यास गरिने । राष्ट्रपति चुरे कार्यक्रमलाई १ अर्ब,
⇨ वन तथा वातावरणमा १५ अर्ब ४९ करोड विनियोजन गरिएको छ,
⇨ आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै । जग्गा प्रशासन सेवा अनलाइनबाटै उपलब्ध गराइने,
⇨ अतिक्रमित सरकारी जमिनहरू १ वर्ष भित्र राष्ट्रियकरण गरिने,
⇨ प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड दिने घोषणा, ९ अर्ब रुपैयाँ बजेट विनियोजन,

Comments

Post a Comment

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था