नाशु विशेष 20 प्रश्न
जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो
मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका
संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा
भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर
याहुका संस्थापक को–को हुन् ? > डेविड फिलो र जेरी याङ्ग
सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? > स्पेन
असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ? > भेनेजुयलामा
अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? > ४ डलर
सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ? > प्रसिद्धजङ्ग राणा
विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ? > गुल्मी
नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? > गोपाल प्रसाद रिमाल
विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो? > जापान
भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो? > मूल सर्वास्ति विनय
लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो? > ईश्वरको पार्टी
अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ? > नेपालको चितवनमा
संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? > माइक्रोसफ्ट कर्पोरेशन
सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ? > सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
लोटस–१२३ केसँग सम्बन्धीत छ ? > कम्प्युटर
Comments
Post a Comment